आइपिएलमा लखनऊ र राजस्थान खेल्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज लखनऊ सुपर जायन्ट्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

आइपिएलको ३२औँ खेल लखनउस्थित एकाना क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ।

दुवै टोली पछिल्ला खेलमा खराब लयमा छन्। राजस्थानले लगातार २ खेल गुमाएको छ भने लखनऊले लगातार ३ खेलमा हार बेहोरेको छ।

यो‌ सिजन राजस्थानको शीर्षक्रम निकै प्रभावशाली देखिएको छ। यशस्वी जैसवाल, वैभव सूर्यवंशी र ध्रुव जुरेलले टोलीका अधिकांश रन बनाएका छन्। तर मध्यक्रम र तल्लो क्रमले अपेक्षित योगदान गर्न नसक्दा टोली दबाबमा परेको छ।

पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध राम्रो सुरुवात पाए पनि अन्तिमतिर ४ विकेट ३१ रनमै गुमाउँदा राजस्थानले १ सय ५५ रन मात्र बनाउन सकेको थियो।

लखनऊको मुख्य समस्या सुरुवाती ओभरमै देखिएको छ। पावरप्लेमा टोलीले राम्रो सुरुवात गर्न सकेको छैन।
तर बलिङतर्फ भने टोलीसँग बलियो आक्रमण छ।

मोहम्मद शमीले नयाँ बलमा राम्रो प्रदर्शन गरिरहेका छन् भने प्रिन्स यादव डेथ ओभरमा प्रभावशाली देखिएका छन्।

लखनऊका तीव्र गतिका बलर अवेश खान चोटपछि अझै उत्कृष्ट लयमा देखिएका छैनन्। टोलीलाई बलियो बनाइराख्न उनले राम्रो प्रदर्शन गर्नुपर्नेछ।

राजस्थानका जोफ्रा आर्चर भने उत्कृष्ट लयमा छन्। उनले तीव्र गतिमा बलिङ गर्दै धेरै खेलमा सुरुवाती ओभरमै विकेट लिएका छन्।

सम्भावित टोली

लखनऊ सुपर जायन्ट्स – मिचेल मार्श, एडेन मार्कराम, ऋषभ पन्त (कप्तान तथा विकेटकिपर), आयुष बडोनी, म्याथ्यु ब्रिट्ज्के वा निकोलस पूरन, हिममत सिंह, मुकुल चौधरी, एम सिद्धार्थ वा शाहबाज अहमद, मोहम्मद शमी, प्रिन्स यादव, अवेश खान वा मयंक यादव, मोहसिन खान।

राजस्थान रोयल्स – यशस्वी जैसवाल, वैभव सूर्यवंशी, ध्रुव जुरेल (विकेटकिपर), रियान पराग (कप्तान), शिमरोन हेटमायर, डोनोभान फरेरा, रविन्द्र जडेजा, जोफ्रा आर्चर, रवि बिश्नोई, नान्द्रे बर्गर, यश राज पुन्या, ब्रिजेश शर्मा वा सन्दीप शर्मा।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार