कञ्चनपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, दुई पक्राउ

कञ्चनपुरमा एक युवकको ज्यान जाने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

पुनर्वास नगरपालिका–५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको थियो। सोही घटनामा संलग्न भएको आशंकामा सोही वडाका २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, उनीहरू नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका सायरलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार