त्रिभुवन विमानस्थलबाटै ‘टक्लु दाइ’ले भने- नेपाल मेरो दोस्रो घर

नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच सोमबार घरेलु मैदानमा हुने पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित कमेन्टेटर एन्ड्र्यू लियोनार्द अर्थात्, ‘टक्लु दाइ’ नेपाल आएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली क्रिकेट समर्थक माझ उभिएर उनले नेपाल र यूएईबीचको खेल हेर्न सार्वजनिक रूपमा आह्वान समेत गरे ।

नेपाली क्रिकेटप्रतिको अगाध स्नेहका कारण नेपाली समर्थकले उनलाई ‘टक्लु दाइ’ उप–नाम दिएका हुन् ।

आफ्नो सामाजिक सञ्जालमामार्फत् सार्वजनिक गरेको भिडियो क्लिपमा उनले नेपालमा दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्कनु क्रिकेट प्रेमीका लागि खुसीको कुरा भएको बताएका छन् । उनले नेपाल आफ्नो दोस्रो घर भएको पनि बताएका छन् ।

केही समर्थकले विमानस्थलमा उनलाई ‘टक्लु दाइ’ भन्दै स्वागत पनि गरेका थिए । ‘नमस्ते, दुई वर्षपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ । सँगै म पनि मेरो दोस्रो घर र सबैभन्दा मन पर्ने स्थान काठमाडौं फर्किएको छु । त्यसैले म निकै उत्साही छु,’ उनले भनेका छन् ।

आयरल्यान्डको डब्लिनमा जन्मिएका लियोनार्द विश्व क्रिकेटका चर्चित कमेन्टेटर हुन् । उनी नेपाल र नेपाली क्रिकेटलाई निकै माया गर्छन् ।

नेपालमा मात्र होइन, विश्वको जुनसुकै स्थानमा नेपाली टोलीको खेल हुँदा पनि उनलाई टोलीको हौसला बढाइरहेको देख्न पाइन्छ ।

उनले सधैं नेपाललाई आफ्नो दोस्रो घर बताउने गरेका छन् । नेपाली क्रिकेट प्रेमी माझ उनी निकै चर्चित छन् । नेपाल र यूएईबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय सोमबार साँझ ५ बजे शुरू हुँदैछ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइटमा यो खेल खेलिने छ । नेपालमा फ्लड लाइटमा खेलाउन लागिएको यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार