नेपाल र यूएईबीच सोमवार र मङ्गलवार हुने ‘अन्डर लाइट्स टी-२० क्रिकेट’ शृङ्खला तीन कारणले नेपालको लागि महत्त्वपूर्ण मानिन्छ।
पहिलो : दुई वर्षपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुँदै छ।
दोस्रो : कीर्तिपुर रङ्गशालाको कृत्रिम प्रकाश मुनि आयोजना हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो ।
तेस्रो : स्ट्रेलियाली प्रशिक्षक स्टुअर्ट लले नेपाली राष्ट्रिय पुरुष टोली सम्हालेयता घरेलु मैदानमा यो पहिलो प्रतियोगिता हो।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा आज साँझ ५ बजे खेल सुरु हुने छ र टिकटको मूल्य ७५० राखिएको छ।
शृङ्खलाको मुख्य आकर्षण नेपाल र यूएई बीचको प्रतिद्वन्द्वता नै हो, जुन खेल हेर्न दर्शक सधैँ उत्साहित हुने गरेको इतिहास छ।
कैयौँलाई याद होला, नेपाल र यूएई बीचको पछिल्लो भेट टी २० विश्वकप छनोट २०२६ को लागि ओमानमा भएको थियो।
जहाँ एक रोमाञ्चकारी खेलमा नेपालले अन्तिम ओभरको अन्तिम बलमा यूएईलाई १ रनले पराजित गर्दै विश्वकपको टिकट काटेको थियो।




प्रतिक्रिया दिनुहोस्