मन्त्रीहरुसँग नयाँ फोन छैन, मिडियामा आएका समाचार भ्रामक र कपोलकल्पित

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले मन्त्रीहरूलाई गोप्य र सुरक्षित संवादका लागि छुट्टै मोबाइल सेट तथा सिमकार्ड उपलब्ध गराएको भन्दै फैलिएको समाचारको खण्डन गरेको छ । प्रधानमन्त्रीका एक सचिवालय सदस्यले मन्त्रीहरूलाई कुनै पनि अतिरिक्त महँगो मोबाइल सेट वा सिमकार्ड वितरण नगरिएको दाबी गरे ।

“मन्त्रीहरुसँग नयाँ फोन छैन । मिडियामा आएका समाचार भ्रामक र कपोलकल्पित हुन्,” उनले भने । उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरूबिच समन्वयका लागि सिंहदरबारस्थित कार्यालय र औपचारिक संयन्त्र नै पर्याप्त रहेको छ । अनावश्यक रूपमा महँगो प्रविधि खरिद गरेर राज्यकोषमा भार पार्ने कुनै मनसाय सरकारको नरहेको सचिवालयले जनाएको छ ।यसअघि रातोपाटी केही सञ्चारमाध्यममा प्रधानमन्त्री बालेनको निर्देशनमा प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलाई करिब एक लाख ८० हजार रुपैयाँ पर्ने आईफोनको पछिल्लो संस्करण र छुट्टै सिमकार्ड उपलब्ध गराएको समाचार सार्वजनिक भएका थिए । ती रिपोर्टमा सुरक्षा संवेदनशीलता, गोपनीयता कायम राख्न र अडियो लिक वा रेकर्डिङ जस्ता घटनाबाट बच्न प्रधानमन्त्रीले यस्तो कडा नियम लागु गरेको दाबी गरिएको थियो ।

समाचारमा प्रधानमन्त्रीले मन्त्रीहरूको सार्वजनिक नम्बरमा फोन नगर्ने र गोप्य नम्बरबाहेक अन्य फोन नउठाउने व्यवस्था गरेको समेत उल्लेख थियो । तर, सचिवालयले यी सबै कुरा निराधार रहेको दाबी गरेको छ ।

आज राष्ट्रिय समाचार समिति (रासस) ले तयार पारेको समाचारमा पनि विभिन्न मन्त्रीहरूले आफूहरूलाई कुनै नयाँ फोन नदिइएको स्पष्ट पारेका छन् । उनीहरुले छुट्टै गोप्य सञ्चार च्यानल बनाउने कुनै निर्णय वा अभ्यास नभएको र आफ्नै निजी फोन प्रयोग गरिरहेको रासससँग बताएका छन् ।

साथै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले रासससँग भनेका छन्, “प्रधानमन्त्री नियमित रूपमा बिहान ९ः०० बजेदेखि ५ः०० बजेसम्म कार्यालयमै उपलब्ध हुनुहुन्छ । आवश्यक पर्दा मन्त्रीहरूलाई प्रत्यक्ष बोलाएर छलफल गर्दै आउनुभएको छ । सुरक्षा र गोपनीयताका ‘प्रोटोकल’ कार्यालयभित्रै लागू हुन्छन्, छुट्टै मोबाइल चाहिने अवस्था छैन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार