धनगढीमा इन्दिरा सेक्युरिटिजको नयाँ शाखा सञ्चालनमा

धनगढी, कैलाली — लगानीकर्ता तथा सेयर बजारप्रति चासो राख्नेहरूका लागि खुसीको खबर आएको छ। इन्दिरा सेक्युरिटिज (ब्रोकर नं. ८०) ले आफ्नो नयाँ शाखा कार्यालय धनगढीको डिबी कम्प्लेक्स, रातोपुलमा सञ्चालनमा ल्याएको छ।

नयाँ शाखा सञ्चालनसँगै स्थानीय लगानीकर्ताहरूलाई पुँजी बजारमा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ। यस शाखाबाट सेवाग्राहीहरूले डिम्याट खाता खोल्न सक्नेछन् भने दोस्रो बजार (सेकेन्डरी ट्रेडिङ) मार्फत सेयर खरिद–बिक्रीसमेत गर्न सक्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार, सुदूरपश्चिम क्षेत्रमा सेयर बजारसम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यले यो शाखा स्थापना गरिएको हो। यसले स्थानीय लगानीकर्ताहरूलाई काठमाडौं धाउनुपर्ने झन्झट हटाउँदै आफ्नै क्षेत्रमा बसेर सेवा लिन सक्ने सुविधा प्रदान गर्नेछ।

सेयर बजारमा नयाँ प्रवेश गर्न चाहने तथा पहिलेदेखि नै सक्रिय लगानीकर्ताहरूका लागि यो शाखा महत्वपूर्ण केन्द्र बन्ने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार