धनगढी उपमहानगरले भोलिदेखि विद्यार्थी भर्ना गर्ने दियो निर्देशन, १४ गतेदेखि नियमित पठनपाठन

धनगढी । धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयको अवज्ञा गर्दै भोलि वैशाख ४ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । मेयर गोपाल हमालले बिहीबार एक सूचना जारी गर्दै भोलिदेखि विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।

संघीय सरकारको निर्णयअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले चैत २६ गते पत्राचार गरेर भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने भनेर सबै स्थानीय तहमा पत्राचार गरेको मेयर हमालले सूचनामा उल्लेख गरेका छन् ।

तर उपमहानरका सरोकारवालाबाट वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन गर्दा विद्यार्थीहरूको पठनपाठन अवरोध हुने, पाठ्यक्रम अनुसारको वार्षिक कार्य घण्टा नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास हुने सुझाव आएको सूचनामा भनिएको छ ।

सोही सुझावका आधारमा नगर शिक्षा समितिको बिहीबार बैठक बसेर उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई भोलिदेखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि पठनपाठन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

facebook sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार