जापानी राजदूतसँग मन्त्री लम्सालको शिष्टाचार भेट, पूर्वाधार सहकार्यमा जोड

काठमाडौँ  – काठमाडौँ भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री माननीय सुनिल लम्सालसँग नेपालका लागि जापानका राजदूत माएदाले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा सम्पन्न उक्त भेटवार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, पूर्वाधार विकास क्षेत्रमा जापानको सहयोग तथा आगामी दिनमा सहकार्यका नयाँ सम्भावनाबारे विस्तृत छलफल भएको थियो।

भेटका क्रममा मन्त्री लम्सालले नेपालको पूर्वाधार विकासमा जापानले निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

दुवै पक्षले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउँदै विकासका विभिन्न क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा सहमति जनाएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार