म कामले काजी भएको मान्छे हुँः प्रेम आले

धनगढीः नेपाली कम्युनिष्ट पार्टीबाट कैलाली- ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका प्रेमबहादुर आलेले आफूलाई कामले काजी भएको मान्छे भनेका छन्। धनगढी-१ मा आइतवार मतदाताहरू माझ कुरा राख्दै आलेले आफूलाई काम गर्न सक्ने नेता भन्दै डोटीका जनताले लगातर तीन पटक चुनाव जिताएको जिकिर गरेका छन्।

‘म कामले काजी भएको मान्छे हुँ, दुई प्रतिशत जनजाति भएको डोटीबाट त्यहाँका जनाताले लगातर तीन पटक चुनाव जिताएका छन्। यसरी लगातर चुनाव जित्नेमा शेरबहादुर देउवापछि म नै हुँ,’ उनले भनेका छन्, ‘जनतासँग नङ र मासुको झै सम्बन्ध भएको मान्छे हो आले, यो पटक इच्छा नहुँदाहुँदै पनि पार्टी अध्यक्ष र यहाँका साथी, बुद्धिजीवी र अन्य पार्टीका साथीले अनुरोध गर्नु भो अनि मात्रै म उम्मेदवार बनेको हुँ।

आलेले जनताको सुख र दुःखमा साथ दिने व्यक्ति भएकाले डोटीबाट लगातार चुनाव जितेको आलेको दाबी छ। जनताको काम गरेर मन जितेकाले आफूले अहिलेसम्म चुनाव जितेको आलेले बताएका छन्। धेरै साथीले आग्रह गर्दा मात्रै आफू उम्मेदवार भएको आलेको भनाइ छ। उनले आफूलाई बोलेको पूरा गर्ने नेता भएको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार