नेपाली कांग्रेस ललितपुर–१ का उम्मेदवार उदयशमशेर राणाले रास्वपा नभइ कांग्रेस नयाँ पार्टी भएको दाबी गरेका छन् । चुनावी अभियानमा गोदावरीमा आयोजिक एक कार्यक्रममा राणाले सभापति गगन थापाकै भाषामा थापा नेतृत्वको कांग्रेस नयाँ भएको बताएका हुन् ।
उनले भने, ‘रुखमा भोट हाल्नु भनेको उदयशमशेरलाई मात्रै होइन । सबै भन्दा प्रभावशाली युवा नेता गगन थापालाई पनि हो । रास्वपा नयाँ होयन । कांग्रेसस नयाँ हो । किनकी हामी पूरै नेतृत्व परिवर्तन गरेर नयाँ भएर आएका छौं ।’
जनतालाई परेको बेला कांग्रेस नेताको घरको ढोका सधै खुला रहने समेत नेता राणाले बताए ।




प्रतिक्रिया दिनुहोस्