आधारभूत तालिम लिएका ९२ प्रहरी निरीक्षक दीक्षित

प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं (पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १४ औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा सोमबार महारागन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित समारोहमा ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका हुन्।

यसरी दीक्षित हुनेमध्येमा ८३ जना पुरूष र ९ जना महिला छन्। उनीहरू पछिल्लो १८ महिनादेखि प्रतिष्ठानमा तालिमरत थिए।

तालिममा सर्वोकृष्ट भई कुलानन्द विद्या सर्वप्रथम पुरस्कार ओखलढुंगाका निराजन बस्नेतले पाएका छन्। द्धितीय सर्वोकृष्ट मोहन सिंह बस्नेत र तेस्रो सर्वोकृष्ट ताराबहादुर तामाङ भएका छन्।

उनीहरूले सोमबार दीक्षान्त समारोहमा शपथ समेत लिएका थिए।

प्रधानमन्त्री सुशीला कार्कीले पनि दीक्षित भएर कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकलाई शुभकामना दिएका थिए।

उनले आगामी फागुन २१ हुने निर्वाचनलाई जोड दिँदै अब कसैले पनि ज्यान गुमाउन वा घाइते हुन नहुने बताइन्।

‘विगतमा भएका कमीकमजोरीलाई दोहोर्‍याउनु हुँदैन। २१ गते हुने निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन जरूरी छ। अब एक थोपा पनि रगत बग्न हुँदैन, कोही घाइते हुनुहुँदैन,’ उनले भनिन्। 

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी संगठनलाई नियन्त्रण नभई सक्षम बनाउन जरूरी रहेको बताए।

‘प्रहरीलाई नियन्त्रण होइन सक्षम बनाउन जरूरी छ। दबाब दिने होइन, दिशा निर्देश गर्न जरूरी छ। हस्तक्षेप होइन उत्तरदायित्व सुनिश्चित गर्न चाहन्छौं,’ उनले भने।

त्यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि दीक्षित भएका प्रहरी निरीक्षकलाई बधाइ तथा शुभकामना दिए। उनले प्रहरीको जागिर मात्र नभई विशिष्ठ जीवनशैली नै रहेको बताएका थिए।

WhatsApp-Image-2026-02-02-at-1.55.41-PM-1770020044.jpeg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार