जेन-जी सहिदको आत्माको शान्तिका लागि संसद् भवनअघि हवन

काठमाडौँ — भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि हवन गरिएको छ। 

एक महिनादेखि माइतीघर मण्डलामा आन्दोलनरत ‘नेत्रवाद दर्शन’ समूहले आइतबारदेखि संसद् भवनको मुख्य गेट अगाडि होम–यज्ञ तथा पूजा गर्न थालेको हो।

आन्दोलनका क्रममा ज्यान गुमाएका जेन-जीहरूको सम्झना र उनीहरूको सपना पूरा गर्न यो कार्यक्रम आयोजना गरिएको समूहले जनाएको छ।

आयोजक नेत्रवाद दर्शनकी अभियन्ता स्मृति राईले पूजा केवल धार्मिक अनुष्ठान मात्र नभइ देशको विद्यमान राजनीतिक र संवैधानिक समस्या समाधानका लागि गरिएको एक सांकेतिक विरोध पनि भएको उल्लेख गरिन्।

‘हामीले जेन-जीको समस्या समाधानका लागि यो कदम चालेका हौँ,’ राईले भनिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार