कपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै उनले एमाले परित्याग गरेको उल्लेख गरेका हुन्।
उनले अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गर्दै असन्तुष्टि जनाएका छन्। पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लगेको उनको आरोप छ।
साथै स्वेच्छाचारी तथा विभेदकारी ढंगले पार्टी सञ्चालन गरेको उनले आरोप लगाएका छन्। एमालेको विचार, नीति र व्यवाहारसँग सहमत हुन नसकेर आफूले पार्टी परित्याग गरेको उनको भनाइ छ।
जेनजी आन्दोलनलाई ‘विदेशी षड्यन्त्र देख्ने’ काम भएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
उनी नेपाली कांग्रेस छाडेर दुई वर्षअघि एमालेमा गएका थिए।
यस्तो छ विज्ञप्ति;





प्रतिक्रिया दिनुहोस्