रवि लामिछाने विरुद्ध राहदानी दुरुपयोग रिट, सर्वोच्चमा पेशी तोकियो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति र पूर्वउपप्रधानमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेशीमा पुगेको छ।

पूर्व महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णयविरुद्ध लामिछानेविरुद्ध मुद्दा नचलाउने आदेशलाई चुनौती दिँदै अधिवक्ता युवराज सफलले २०७९ चैत २० गते रिट दायर गरेका थिए। रिटमा उक्त निर्णय कानूनविपरीत भएको उल्लेख गरिएको छ।

लामिछाने अमेरिकी नागरिक भए पनि नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीत रहेको दाबी गरिएको छ। रिटमा लामिछानेले राहदानी कुन समयमा र कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट मागिएको छ।

साथै, दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिन सर्वोच्च अदालतमार्फत अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको छ। पेशी क्रमांक १२ मा रहेकाले सोमबार नै सुनुवाइ हुने वा नहुने विषय अदालतको कार्यसूची अनुसार निर्धारण हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार