रवि लामिछानेलाई ६० लाख धरौटी गर्ने काठमाडौं जिल्ला अदालतको आदेश उच्चबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराधमा रवि लामिछानेलाई ६० लाख धरौटी हुने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशहरू खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको हो ।  

उच्च अदालतका सूचना अधिकारी पार्वती हितानले भनेकी छन्, “संगठित रूपमा गरेको ठगीसम्बन्धी कसुरका प्रतिवादीहरू रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा, कमल लामा र माया राईलाई काठमाडौ जिल्ला अदालतबाट मुद्दा पुर्पक्षका लागि धरौटी माग गर्ने गरी विभिन्न मितिमा भएको आदेशविरुद्ध परेको निवेदनमा यस अदालतका माननीय न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासबाट आज सदर हुने गरी आदेश भएको छ,” उच्च अदालतले काठमाडौं जिल्ला अदालतको आदेश बेरितको नदेखिएकोले सदर हुने भनिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार