जेनजीलाई बालेनले भने- सेनासँग वार्ता गर्न तयार रहनू

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला,’ उनले भनेका छन् ।

त्यस्तै, बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताएका छन् । ‘याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले भनेका छन् ।

जेनजीहरूको प्रदर्शन उग्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा दिइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार