बेहडाबाबामा पार्किङ्गका नाममा ‘लुट’, घरैपिच्छे पार्किङ्ग, मनपरि असुली !

धनगढी : जबजब मेला र महोत्सव सुरु हुन्छ, तब लुटेराहरुको लुटिखाने धन्दा सुरु हुन्छ । कहिले बेहडाबाबा मेला सुरु होला र लुट्न पाइएला भनेर बसेकाहरु अहिले सलबलाएका छन् । बुधबारदेखि सुरु भएको बेहडाबाबा मेलामा दैनिक हजारौँ भक्तजनहरु पुग्नेगर्छन् । कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका अरु जिल्ला मात्र होइन, देशभर अझ छिमेकी मुलुक भारतबाट पनि भक्तजनहरु बेहडाबाबा दर्शनका लागि आउने गरेका छन् ।

तर त्यही मौका पारेर मेलामा पार्किङ्गका नाम लुट्ने धन्दा चालू छ । टाढा टाढाबाट आउनुपर्ने भएकाले बेहडाबाबा पुग्न धेरै अझ भनौँ सबैले सवारी साधनको प्रयोग गर्छन । मेला हो, अलिअली भिड भइ नै हाल्छ । नेपाल हो, अलिअलि चोरी जस्ता घटना झन नहुने कुरै भएन । त्यही डर देखाएर असुली गर्नै जन्मिएकाहरुको तछाडमछाड छ ।

Seti Hospital

अहिले बेहडाबाबामा घरैपिच्छे पार्किङ्ग छन । साइकल पार्क गरेको ३० रुपैयाँ, बाइक पार्क गरेको ८० देखि १०० रुपैयाँ, कार वा हलुका सवारी पार्क गरेको १५० देखि २०० रुपैयाँ अनि बस बार्क गरेको २०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म असुलीरहेका छन, पार्किङ्गका ठेकेदारहरुले । पार्किङ्गको त कुरै छोडौँ, हेलमेट हेर्दिने भन्दै पनि खुलेयाम असुलि चलिरहेको छ बेहडाबाबामा र यस्तो असुलीको मसिहा हो, स्वयम् बेहडाबाबा मन्दिर व्यवस्थापन समिती ।

मन्दिर अझ बेहडाबाबा जस्तो पवित्र र प्रसिद्द ठाउँ दर्शन गर्न आउनेलाई सहज दर्शनको व्यवस्थापन गर्नुको सट्टा मन्दिर व्यवस्थापन समिती उल्टै पार्किङ्गका नाम भइरहेको लुटलाई प्रसय दिइरहेको छ । आइसकेपछी मन्दिर दर्शन गर्नैपर्यो, यसो मेला घुम्नै पर्यो त्यही बाध्यताले नागरिकहरु चर्को शुल्क तिरेरै आफ्ना सवारी पार्किङ्ग गर्न बाध्य छन । बेहडाबाबा दर्शनकै लागि धनगढी उपमहानगरपालिका, सुन्दर सुदूरपश्चिम यातायातले नि:शुल्क बस सेवा संचालन गरेका छन । तर यात्रुको सहजतामा विशेष ख्याल गर्नुपर्ने बेहडाबाबा मन्दिर समिती भने त्यसतर्फ मौन छ ।

यता यात्रु सहजताको ठुलै नारा लगाउने धनगढी उपमहानगरपालिकाको पनि यसतर्फ ध्यान गएको छैन । हामिले बेहडाबाबामा पार्किङ्ग नि:शुल्क गर्देउ भनेको होइन । त्यही पनि गर्न सके झन राम्रो, नसके कमसेकम नियमन त गर्नुपर्यो । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस । पार्किङ्गका नाममा भइरहेको मनपरी असुली र जथाभावी खोलिएका पार्किङ्गलाई नियन्त्रण गरियोस ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार