सत्तापक्ष र प्रतिपक्ष दलबिच भएकाे छलफल निष्कर्षविहीन

काठमाडौँ : भिजिट भिसा प्रकरण र संसद् सञ्चालनको विषयमा विपक्षी र सत्तारुढ दलबिच भएको छलफल निष्कर्षविहीन भएको छ । शुक्रबार बानेश्वरमा बसेको सत्ता र प्रतिपक्ष दलबिचको छलफलमा सहमति जुट्न नसकेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । 

यसअघि बानेश्वरमा विपक्षी दलको बैठक बसेको थियो । उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने ठहर विपक्षी दलले गरेका छन् । 

माओवादी अध्यक्ष प्रचण्डको कार्यकक्षमा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा र आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म संसद् बैठक बस्न नसक्ने निष्कर्ष निकालेको हो ।

आफूहरूको अडान यथावत रहेको भन्दै परियारले भने,‘सत्तापक्ष पनि आफ्नै अडानमा छ’,आजको प्रयास पनि सफल हुन सकेन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार