मोदीले शुभारम्भ गरे विश्वको सबैभन्दा अग्लो रेलवे पुल

काठमाडौं : विश्वको सबैभन्दा अग्लो रेलवे पुल भारतको काश्मीरमा सञ्चालनमा आएको छ ।

निर्माण सुरु भएको चार दशकपछि बनेको चिनाब पुल आफ्नै नामको नदीभन्दा ३५९ मिटर (लगभग १,१८० फिट) माथि छ । जुन इफेल टावरको टुप्पोभन्दा २९ मिटर (९५ फिटभन्दा बढी) अग्लो छ ।

४२ वर्षदेखि बन्दै गरेको यो पुल सम्पन्न भई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभारम्भ गरेका हुन् । यसले भारतको काश्मीर अन्य सहरलाई रेलमार्गमार्फत जोड्ने द इन्डियन एक्सप्रेसले बताएको छ ।

गत अप्रिलमा भएको पर्यटक हत्याकाण्डपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक कश्मीर क्षेत्रको यात्रामा गएका हुन् । 

वास्तुकलाको अद्भूत कृतिका रूपमा रहेको चेनाब रेल पुल १,३१५ मिटर लामो यो स्टिल आर्च पुल हो । भूकम्प र हावाको प्रबल गति सहन सक्ने गरी पुल निर्माण गरिएको बताइएको छ । 

यो पुलले जम्मू र श्रीनगरबीचको यातायात सुविधा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । यसले जम्मू र श्रीनगरबीचको यात्रा समय २–३ घण्टा घटाउने बताइएको छ । यो पुलमा चल्ने ‘वन्दे भारत’ ट्रेनले कटरा र श्रीनगरबीचको यात्रा समय तीन घण्टामा सीमित गर्नेछ । 

१६० मिलियन डलरभन्दा बढी लागतको यो पुल कश्मीर र भारतका बाँकी भूभागबीच रेलवे जोड्ने अभियानको पहिलो हिस्सा हो ।एजेन्सीहरू

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार