पत्रकारमाथि दुर्व्यवहार गरेकोमा तत्काल क्षमा याचना गर्न माग

भक्तराज जोशी

काठमाडौँ, २३ जेठः वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेको घटनाप्रति अनलाइन टिभी पत्रकार संघले आपत्ती जनाएको छ ।

बिहिबार प्रेस वक्तव्य जारी गर्दै संघले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल क्षमा याचना गर्न माग गरेको हो ।

‘प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले सञ्चारकर्मीमाथी आक्रमण गर्नु भएका बरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौं,’ प्रेस वक्तव्यमा लेखिएको छ ।

बिहिबार नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा रिपोर्टिङका लागि गएका नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामा अधिवक्ता थापाले प्रहार गरेका थिए । सञ्चारकर्मीहरू नागरिकलाई सत्य सूचना प्रवाह गर्न निरन्तर खटिरहेका भन्दै सञ्चारकर्मीको काममा कुनै बाधा अवरोध नगन सरोकारवालालाई ध्यानाकर्षण समेत गराएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार