निर्माण सामग्री बेच्ने विशेष एण्ड कम्पनीले एकै वर्ष गर्‍यो साढे ६ अर्बको व्यापार

काठमाडौं : विकास निर्माणका लागि आवश्यक निर्माण समग्री बेच्ने विशेष एण्ड कम्पनी प्रालीले गत आर्थिक वर्षमा साढे ६ अर्बको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ६ अर्ब ५१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा ६ अर्ब २२ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ६ अर्ब ९४ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ४ अर्ब ८१ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१८ मा स्थापना भएको कम्पनीले विशेषगरी निर्माण सामग्री बिक्री वितरण गर्दै आएको छ । चितवनमा कार्यालय रहेको कम्पनीले सिमेन्ट, डण्डी, जस्ता, पाइप, ग्रीलको सामग्री, बिटुमेन र अन्य विभिन्न प्रकारका निर्माण सामग्री नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले देशभरका मुख्य शहरमा १८ वटा आधिकारिक शाखा र १४ वटा वितरक आउटलेटबाट सामग्री बिक्री वितरण गर्ने गरेको जनाएको छ । कम्पनीअनुसार काठमाडौं, नारायणगढ, इटहरी, हेटौडा, बुटवललगायत अन्य शहरहरुमा शाखा विस्तार गरी व्यापार गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५४ करोड १८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड १८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार