एकीकृत समाजवादीले भन्यो- अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधियो, नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो संसदबाट धेरै जना बिदा हुन्छन्

भक्तराज जोशी

काठमाडौं : एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राजनीति प्रतिशोध साँधेको आरोप लगाए।

उनले सरकारलाई नीतिगत निर्णय गर्ने अधिकार रहेको बताए। त्यस्ता निर्णयलाई भ्रष्टाचार मान्दै गए संसदबाट धेरै जना बिदा हुने उनको दाबी छ। ‘सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार थियो। अहिले त्यो विधेयक राज्य व्यवस्था समितिमा अड्किरहेको छ। मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार दिने कि नदिने विषयमा टुंगिन पाएको छैन। यसअघिका गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै पर्छन्। नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छ,’ उनले भने।

Seti Hospital

उनले यस घटनालाई जेठ २८ गते सर्वोच्च अदालतले सुनाउने भनिएको संवैधानिक निकायका पदाधिकारीहरूको फैसलासँग दाँज्नुपर्ने बताए। ‘यो घट्ना जन्मिनु र जेठ २८ मा अख्तियारलगायत संवैधानिक निकायको म्याद सकिने फैसला हुनुमा केही न केही पक्कै छ। यही छोटो अवधिमा सबै कुरा भ्याउनका लागि यी सब भइरहेको छ,’ उनले भने। 

पाण्डेले पार्टी अध्यक्ष नेपाल अहिले रौतहटमा रहेको र त्यहाँबाट काठमाडौंका लागि हिंडेको बताए। ‘यो व्यक्तिगत भन्दा पनि पार्टीको कुरा हो। अध्यक्षज्यु फर्किएपछि यस विषयमा छलफल हुनेछ,’ उनले भने। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार