कैलालीमा पालिका अध्यक्षलाई कालोमोसो लगाउने नेकपा बहुमतका नेता पक्राउ

भक्तराज जोशी

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेतालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी घर भएका बहुमतका नेता ३४ वर्षीय रमेश साउद रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले साउदलाई शुक्रबार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएका छन् । उनलाई अभद्र व्यवहार शिर्षकमा जोशीपुर गाउँपालिका अध्यक्ष चौधरीले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको डीएसपी सिंहले बताए ।

Seti Hospital

साउदसहितका अन्य १० जनाका नाममा चौधरीले किटानी जाहेरी दिएका थिए । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले भ्रष्टाचारमा संलग्न रहेको भन्दै हालै जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो दलेको भिडियो सार्वजनिक गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार