अमेरिकाले विद्यार्थी भिसाको अन्तर्वार्तामा लगायो रोक

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ भिसा अन्तर्वार्ताको समय दिन रोक्न आदेश दिएका छन्।

भिसा आवदेकहरूको सामाजिक सञ्जाल जाँच गर्न तयारीस्वरूप यो निर्णय लिइएको ट्रम्प प्रशासनले जनाएको हो।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै स्काई न्युजले जनाएअनुसार यो स्थगन अस्थायी हो र पहिले नै अन्तर्वार्ता तालिका बनाएका आवेदकहरूमा लागू हुँदैन।

अमेरिकका का विदेशमन्त्री मार्को रुबियोले यो आदेश अर्को निर्देशन नआएसम्म लागू हुने जनाएका छन्। आफ्नो सन्देशमा रुबियोले विद्यार्थी भिसाका लागि उनीहरू सामाजिक सञ्जाल गम्भीरतापूर्वक छानबिन गरिने उल्लेख गरेका छन्।

‘सामाजिक सञ्जाल परीक्षण र जाँच प्रणाली विस्तारको तयारीस्वरूप दूतावास/महावाणिज्यदूतावासहरूले थप विद्यार्थी वा भिजिटर भिसा अन्तर्वार्ता तालिका हाललाई नथप्नू,’ विदेशमन्त्री रुबियोले जारी गरेको निर्देशनमा भनिएको छ।

हार्डवर्ड विश्वविद्यालयसँग राष्ट्रपति ट्रम्पको तनाव बढेका बेला अमेरिकाले यो कदम उठाएको हो। हार्डवर्ड विश्वविद्यालय वामपन्थीहरूको विश्वविद्यालय रहेको र यसले यहुदीविरोधी भावनालाई बढावा दिएको उनको भनाइ छ।

भिसा अन्तर्वार्ता स्थगित गरिएको विषयमा स्टेट डिपार्टमेन्टकी प्रवक्ता टेमी बु्रसले भनिन्,‘हामी भिसा लिने व्यक्तिहरूको पहिचान र पृष्ठभूमि परीक्षणका लागि सबै उपलब्ध स्रोत प्रयोग गर्छौँ, चाहे उनीहरू विद्यार्थी हुन् वा अन्य।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार