माछा पालनको केन्द्र बन्दै कैलाली र कञ्चनपुर, ७५ प्रतिशत माग धान्दै

धनगढी : कैलाली र कञ्चनपुर जिल्ला माछापालनको केन्द्र बन्दै गएका छन्। सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ।

कैलाली १९४ र कञ्चनपुरमा ४८ वटा गरी २४२ बढी प्राकृतिक ताल छन्। प्राकृतिक र कृत्रिम गरी कैलाली र कञ्चनपुरमा २ हजार ५४२ वटा ताल र पोखरीहरू रहेका छन्। कैलाली र कञ्चनपुरमा मात्र जम्मा एक हजार ३७५ हेक्टर क्षेत्रफलमा माछा पालन हुँदैआएको छ। जुन मुलुकको कुल घोलतालको एक तिहाइ क्षेत्रफल हो। कैलाली र कञ्चनपुरमा पाँच हजार ३८० बढी व्यावसायिक किसानहरू माछा पालनमा संलग्न रहेको मत्स्य विकास केन्द्र, गेटाको तथ्यांकमा उल्लेख गरिएको छ।

Galaxy

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख जिल्ला हो। सुदूरपश्चिमका तराइका दुई जिल्लामा उत्पादित माछाले यहाँको ७५ प्रतिशत माग धानिरहेको छ। बाँकी २५ प्रतिशत माछा भारत र अन्य प्रदेशबाट आयात भइरहेको हो। कैलाली र कञ्चनपुरका घोलतालमा माछाको उत्पादकत्व २ दशमलव ३ मेट्रिक टन प्रतिहेक्टर रहेको छ। भने, त्यस्तै सुदूरपश्चिमको कूल गृहस्थ उत्पादन (जीडीपी) को शुन्य दशमलव ५ प्रतिशत माछाको योगदान रहेको तथ्यांकमा उल्लेख छ।

मत्स्य विकास केन्द्र गेटाका प्रमुख निर्मल बहादुर खातीले सुदूरपश्चिमको जनसङ्ख्याको अनुपात र उत्पादन हेर्दा यहाँ एक व्यक्तिले वार्षिक सरदर साढे २ किलो माछा मात्रै उपभोग गर्ने गरेको बताए। सुदूरपश्चिममा माछाको खपत निकै कम रहेको हो। अझै पनि माछा उपभोग गर्ने संस्कृतिको विकास सुदूरपश्चिममा भएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार