लागूऔषधसहित ३ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट वेदकोट नगरपालिका–८ आमथला बस्ने २० वर्षीय दिनेश बम र गैलनदी बस्ने १८ वर्र्षीय किशोरलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा गरिएको हो। नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम २१ मिलिग्राम  खैरो हेरोइन फेला पारी नियन्त्रणमा लिएको छ।

khadya

यस्तै भीमदत्त नगरपालिका–१७ मझगाँउबाट वेदकोट नगरपालिका–५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरालाई १ दशमलव २३ ग्राम लागूऔषध खैरो हेरोइनसहित अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार