कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी : कैलालीमा भन्सार छलीको होली रंग लगायत सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-९ त्रिवेणीघाट र टीकापुर नगरपालिका-९ ठोसे चोकको भित्री सडक खण्डबाट भन्सार छलीका चियापत्ती, होली रंग, ईन्डीकेटर, मोटरसाईकलको पलक, मोटरसाईकलको लक चावी, माछा, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बरामद गरेको छ।

७७ हजार ८४० मुल्य बराबरको उक्त सामान प्रहरीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार