धनगढी । दिनहूँजसो किशोरी बलात्कारका घटना सार्वजनिक भइरहेको बला फेरि पनि बलात्कारको नयाँ घटना सार्वजनिक भएको छ । अझ घटना यस्तोसम्म सार्वजनिक भएको छ कि एक युवकमाथि आफ्नै दिदिलाई बलात्कार गरेको आरोप लागेको छ । भारतको कर्नाटकस्थित आग्रा भन्ने स्थानमा बस्ने बझाङको मष्टा गाउँपालिका–२ का ३५ वर्षीय सुरेन्द्र रोकायामाथि यस्तो आरोप लागेको हो । हेर, यी मानवरुपी पशुहरुको हर्कत !
हेर्दा सोझो र निकै संस्कारी देखिने यी युवकले आफ्नै नातेदार दिदिलाई जबरजस्ती करणीको प्रयास गरेछन् । रोजगारीको शिलशिलामा भारतको कर्नाटक पुगेका यी युवक बझाङका हुन् ।
यीनले घरमा कोही नभएको मौका छोपेर मध्यरातमा यौनको प्यास मेटाउन आफ्नै दिदिलाई बलात्कारको प्रयास गरेका हुन् । पारिवारिक स्रोतका अनुसार ती युवती शारिरिक रुपमा बिरामी थिइन् । त्यही कुराको फाइदा उठाएर भाइको आवरमा घरमा आई सुरेन्द्रले आफ्नी बिरामी दिदिलाईसमेत बलात्कारको प्रयास गरेको पारिवारिक स्रोतको दाबी छ ।
त्यति मात्र होइन, सुरेन्द्रले दिदिलाई धम्की दिने, चरित्र हत्या गर्ने तथा अनेक बाहनामा पीडा दिएको खुलेपछि आफन्तले ती युवालाई कालोमोसो दलेका छन् । र उनीविरुद्ध जबरजस्ती करणीको मुद्दामा प्रहरीमा उजुरी पनि दिएका छन् । र पीडित अहिले आफ्नै भाइबाट भएको यौन दुर्व्यवहारको विरुद्धमा कानूनी लडाई लडिरहेकी छिन् । र उनी न्याय पाउनेमा आशावादी पनि छिन् ।
अब सोच्नुपर्ने बेला भएको छ । आखिर समाज कता जाँदैछ ? हरेक दिन युवति, अझ उमेर नै नपुगेका कलिका किशोरीहरु यौन रसमा लिप्त ब्वाँसाहरुको शिकार हुँदा पनि राज्य किन निरिह बनेको छ ? कहाँ छ सरकार ? कहाँ छ सुरक्षा निकाय ? के हेरेर बसेका छन् हाम्रा नेता नामका कठपुतलीहरु ? सोचौँ, सोचौँ होइन अब प्रतिकार गरौँ । नभए स्वच्छ देश यौन पिपाशु अपराधीहरुको रणसंग्राम बन्नेछ ।
प्रतिक्रिया दनुहोस्