सुदूरपश्चिमका किशोर किशोरीहरूले प्रधानमन्त्रीलाई पत्र पठाउँदै, विवाहको उमेर २० वर्ष नै कायम राख्न माग

धनगढी : सुदूरपश्चिमका किशोर किशोरीहरूले विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गरेका छन । बाजुरा, अछाम र कैलालीका २६० जना किशोर किशोरीहरूले प्रधानमन्त्रीलाई पत्र पठाउँदै सो माग गरेका हुन ।

कानुन उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न दिएको सुझावको विरुद्धमा किशोर किशोरीहरूले हुलाक मार्फत प्रधानमन्त्रीलाई पत्र पठाएका छन ।

उनीहरूले शारीरिक, मानसिक र संवेगात्मक परिपक्वता नपुग्दासम्म विवाह दिगो नहुने, सन्तान जन्माउँदा स्वास्थ्य समस्या आउने, यौनजन्य हिंसामा पर्ने सम्भावना बढ्ने, तथा निर्णय क्षमतामा कमी आउने भएकाले २० वर्षको उमेर सीमा नै उचित हुने बताएका छन् ।

नेपालको संविधान, मुलुकी देवानी संहिता, बालअधिकार सम्बन्धी ऐन तथा विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरूले बालविवाह निषेध गर्ने व्यवस्था गरेकाले कानुनी उमेर घटाउनु अनुचित हुने उनीहरूको तर्क छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार