स्वदेशमै अध्ययन गरी राष्ट्र निर्माणमा योगदान दिन आग्रह : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली युवाहरुलाई स्वदेशमै अध्ययन गरी राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरेका छन् । बुधवार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले आयोजना गरेको नव आगन्तुक विद्यार्थी स्वागत तथा पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले नेपालमा शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार भइसकेको बताए । उनका अनुसार, विगतमा नेपाली विद्यार्थीहरूले सीमित विषयहरू मात्र अध्ययन गर्न पाउने अवस्था भए पनि अहिले अन्तर्राष्ट्रिय स्तरमा पढाइ हुने विविध विषयहरू नेपालमै उपलब्ध छन् । त्यसैले स्वदेशमै अध्ययन गरेर समाज र देशलाई अघि बढाउन युवाहरूले ध्यान दिनुपर्ने मन्त्री सिंहको भनाई छ ।

khadya

नेपालमै बसेर अध्ययन गरी समाजको उन्नतिमा लाग्नुपर्ने उनको धारणा छ । ‘अहिले शैक्षिक गुणस्तरको विषयमा उठ्ने प्रश्नहरू पहिलेजस्तो छैनन् । अहिले विभिन्न विषयमा अध्ययन गर्ने अवसर नेपालमै छ । अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयमा पढाइ हुने धेरै विषयहरू नेपालकै कलेजहरूमा उपलब्ध छन्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसैले नेपालमै बसेर अध्ययन गरी समाजको उन्नतिमा लाग्नुपर्छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार