राष्ट्रिय सभाको बैठक चल्दै गर्दा कांग्रेसका सांसद भट्ट बैठकमै ढले !

धनगढी : राष्ट्रिय सभाको बैठक चल्दै गर्दा एक जना सांसद बैठकमै ढलेका छन । संघीय संसद् सचिवालय स्रोतका अनुसार नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य भट्ट उच्च रक्तचापका कारण ढलेको बताईएको छ । उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आईतबारको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए ।

भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए । अहिले भट्टको संसद् भवनभित्रै उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार