धनगढी : कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ। अत्तरियाले दशरथचन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गयो।
जितका लागि पाएको एक सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३८ रन मात्रै बनाउन सक्यो । उसका लागि हिमाल दौल्यालले सर्वाधिक ३९ रन बनाए।
बलिङतर्फ अत्तरियाका विवेक यादवले चार, साहब आलम र कमल गुप्ताले २र२ विकेट लिए। त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६४ रन बनायो। जसमा भीम सार्कीले अर्धशतकीय पारी खेल्दै ७० रनमा अविजित रहे । बैतडीका अमरसिंह रौटेलाले २ विकेट हात पारे।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक लाख प्रदान गरिनेछ भने उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन्। साथै प्लेयर अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता छ।
प्रतिक्रिया दनुहोस्