महाकुम्भ मेलाबाट फर्किने क्रममा स्कारपिओ दुर्घटना एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु

महोत्तरी : भारतको महाकुम्भ मेलाबाट फर्किने क्रममा भएको स्कारपिओ दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ ।

बीआर ३२ पिए ४६६१ नम्बरको स्कारपिओ अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो । दुर्घटनामा थप चार जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कारपिओ चालक रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार