रवि लामिछानेको बिहीबारको थुनछेक बहस सकियो !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बिहीबारको थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतमा बिहीबार लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा लामिछानेका आजजको बयान सकिएको हो ।

रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीले सरकारी वकिलको बयान सकिएको बताए । उनले पीडित र रविका तर्फबाट भोलि बहस हुने बताए । रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको उनले बताए ।

khadya

सभापति लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दायर भएको छ । उक्त प्रकरणमा बयान दिन सभापति लामिछाने हिजो अदालतमा उपस्थित भएका थिए ।

लामिछानेको बयान हिजै सकिएको थियो । लामिछानेलाई आज बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा परिवारको जिम्मामा छाडेको थियो ।

आदेश अनुसार सभापति लामिछाने थुनछेक बहसका लागि अदालतमा उपस्थित भइसकेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी प्रकरणमा २२ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता गरेको छ ।

अभियोगपत्रमा ५५ करोड ५९ लाख रुपैयाँ बिगो माग गरिएको छ। त्यसमध्ये लामिछाने, जीबी राई र पूर्व उपाध्यक्ष छविलाल जोशीसँग मात्र १० करोड ९९ लाख रुपैयाँ बिगो माग गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार