रारामा हिमपात, हिउँले चाँदी झैँ टलक्क देखियो (फोटो फिचर) 

Call24News

मुगु । देशकै प्रसिद्द पर्यटकीय क्षेत्र रारामा हिमपात सुरु भएको छ । समुन्द्र सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा नेपालकै सबैभन्दा ठूलो ताल हो । जुन यतिबेला हिउँले सेताम्मे भएको छ । हाल रारा क्षेत्रमा २ फिटसम्म हिउँ जमेको छ ।  

ताल वरिपरिका रुखहरु हिउँले छपक्क ढाकेको छ । रारामा हिमपात सुरु भएसंगै रारा घुम्नेहरू पनि बढेको छायाँनाथ रारा नगरपालिका-४ का दिलिप भामले बताएका छन् । रारामा हिउँ खेल्नै पुगेका भामले राराको सौन्दर्यता हिउँले झनै बढेको बताए । 

khadya

अहिले चाँदी झैं टल्किएको रारा घुम्न जानेहरु अधिकांश स्थानीय पर्यटक छन् भने विदेशी पर्यटक पनि रारामा पुग्ने गरेका छन् । रारामाथि मुर्माटपसम्म पुगेर रारादेखि वारिपारिको बस्तीको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । यही कारण पनि रारा घुम्न यो उपयुक्त समय भएको पर्यटकहरु बताउँछन् ।

रारा तालले एक दिनमै तीन पटक (खैरो, बैजनी र निलो रंगमा) स्वरुप फेर्छ ।  राराको त्यही स्वरुप हेर्न पनि पर्यटकहरु रारा पुग्ने गर्छन । ५ किलोमिटर लम्बाई, ३ किलोमिटर चौडाई र १६७ मिटर गहिरो ताल रहेको रारा क्षेत्रमा विश्वकै दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतोलगायत तीन सय प्रजातिका चरा पाइन्छन् । फोटो फिचरमा हेर्नुहोस् मुगुबाट तपेन्द्र ऐडिले पठाएको सुन्दर रारा क्षेत्रका फोटोहरु:

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार