आशिका तामाङले यसरी खिच्थिन् चस्माबाट भिडिओ

काठमाडौं । आफुलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ बुधबार पक्राउ परेपछि उनको चस्मा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी तामाङले प्रहरी नियन्त्रणमा हुनुअघि फेसबुकमा राखेका भिडिओ कसरी खिचिन् भन्ने जिज्ञासाले धेरैको ध्यान तानेको छ ।

उनले फेसबुकमा राखेका भिडिओहरू सामान्य मोबाइल क्यामेराबाट खिचेका जस्ता नदेखिएपछि धेरैले उनको चस्मामा क्यामेरा जडान भएको अनुमान लगाएका छन् । यो अनुमानलाई बल तब मिल्यो, जब उनले डिसेम्बर २३ मा चस्मा लगाएको फोटो सार्वजनिक गरिन्, जसमा दुई ओटा क्यामेरा स्पष्ट देखिन्छन् ।

khadya

जर्मनीबाट फर्केपछि तामाङले आफ्नो फेसबुक पेजमा लगातार यस्तै चस्माबाट खिचिएका भिडिओहरू पोस्ट गरिरहेकी थिइन् । यसअघि उनका प्रायः भिडिओमा उनी स्वयं देखिन्थिन् र अरूले क्यामेरामा कैद गरेका हुन्थे । तर, जर्मनी पुगेपछि उनको आवाज मात्रै आउने र चस्माले खिचेका भिडिओहरू पोस्ट हुन थाले ।

तामाङले १७ डिसेम्बरमा ‘तोकिएको स्थानमा सार्वजनिक ठाउँमा नि:शुल्क पार्किङ गर्न पाउनु नागरिकको अधिकार हो’ भन्ने क्याप्सनसहित पहिलो पटक चस्माले खिचेको भिडिओ पोस्ट गरेकी थिइन् । त्यसपछि उनले राखेका अधिकांश भिडिओ सोही चस्माबाट खिचिएको देखिन्छ ।

६ जनवरीमा पशुपति विकास कोषमा भएको विवादपछि उनी पक्राउ परिन् । उक्त घटनाको भिडिओ पनि उनले चस्माबाटै खिचेकी थिइन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको चस्माको क्यामेरा क्षमतालाई लिएर विभिन्न अड्कलबाजी गरिरहेका छन् ।

तामाङले प्रयोग गरेको चस्मा फेसबुकको माउ कम्पनी मेटा र रेबनले सहकार्य गरी बनाएको हो । मेटाले यो चस्मा पहिलो पटक २७ सेप्टेम्बर २०२३ मा सार्वजनिक गरेको थियो । पहिलो भर्सनमा १२ मेगापिक्सेलको क्यामेरा थियो, जसले ६० सेकेन्डसम्मको भिडिओ खिच्न सक्थ्यो । सन् २०२४ मा कम्पनीले नयाँ भर्सनको चस्मा सार्वजनिक गर्‍यो, जसमा लाइभ भिडिओ स्ट्रिमिङ र मेटा एआई जस्ता विशेषता थपिएका छन् । 

यो चस्माको सहायताले प्रयोगकर्ताले मेसेन्जर र ह्वाट्सएपमा सिधै भिडिओ कल गर्न सक्छन् । साथै, ‘हे मेटा, टेक अ भिडिओ’ भनेर आदेश दिएपछि यसले भिडिओ खिच्न थाल्छ । नयाँ भर्सनमा पनि १२ मेगापिक्सेलको क्यामेरा छ, जसबाट तीन मिनेटसम्मको भिडिओ खिच्न सकिन्छ ।

तामाङले खिचेका भिडिओहरू प्रायः ६० सेकेन्डभन्दा लामो भएकाले उनले मेटाको दोस्रो पुस्ताको चस्मा प्रयोग गरेको अनुमान गर्न सकिन्छ । यस चस्माको मूल्य २९९ डलर (करिब ४१ हजार रुपैयाँ) देखि ३२९ डलर (करिब ४५ हजार रुपैयाँ) सम्म पर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार