जिपको ठक्करबाट बझाङकी एक बालिका घाईते

बझाङ : बझाङमा जिपको ठक्करबाट एक बालिका घाईते भएकी छन् । बुधबार दिउँसो जिल्लाको जयपृथ्वी नगरपालिका–१० की १२ वर्षिया नविका कुँवर जिपको ठक्करबाट घाईते भएकी हुन । विद्यालयबाट घर फर्किरहेकी कुँवरको सुपप्र–२–०२००१ च ०४६२ नम्बरको जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाईते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । बालिकालाई ठक्कर दिने जिपका चालक थलारा गाउँपालिकाका ३२ वर्षीय कमल थापा घटनापछि फरार छन जिप भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार चालकको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार