संरक्षणको अभावमा खण्डहर बन्दै कनरी पार्क (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । सही तरिकाले सदुपयोग गर्न नजाने अमृत पनि विष हुन्छ । सही रुपमा संरचनाको संरक्षण र प्रयोग गर्न नजाने करोडौँको संरचना पनि फगत भग्नावशेष र खण्डहर हुन्छन् ।

र अहिले त्यस्तै भएको छ, धनगढी उपमहानगरपालिका १५ स्थित कनरी पार्क ।

धनगढी सूचना

करोडौँ खर्च गरेर स्वीमिङ पुल, पिकनिक स्पट र मन्दिर लगायत रमणीय संरचनासहित निर्माण गरिएको उक्त पार्कको धनगढी उपमहानगरपालिकाका तत्कालीन मेयर नृप बहादुर वड र उपमेयर सुशिला मिश्र भट्टले २०७७ साल कार्तिक २ गते संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

तर पार्क उद्घाटन भएको ४ वर्ष बित्दै गर्दा पार्कले मुहार फेर्ला भन्ने ठाउँमा पार्कको मुहार विगतको भन्दा झन्झन् बिग्रिदै गएको छ ।

हाल कनरी पार्कमा निर्माण गरिएका शौचालयको अवस्था बिजोग छ । विभिन्न भवनका झ्यालढोका फुटाइएका छन्, स्वीमिङ पुल भत्किएर संरचनाको हरिबिजोग भएको छ, पर्खालहरु ठाउँठाउँमा फुटाइएका छन् भने अन्य संरचनाहरु दिनप्रतिदिन थप फुट्दै र बिग्रिँदै गएका छन् । हाल करोडौँ खर्चिएर निर्माण गरिएको पार्क हेर्दा यस्तो लाग्छ, मानौँ त्यो पार्क होइन, विश्वयुद्धमै छेदविच्छेद भएर खण्डहरमा परिणत भएको ठाउँ हो ।

बृहत योजना अनुसार निर्माण गरिएको उक्त पार्कको संरक्षण हुन नसक्दा हाल उक्त पार्क पर्यटक घुम्ने ठाउँ कम, लागुऔषध दुर्व्यसनीहरुको अड्डा बढी जस्तै भएको स्थानीयहरुले बताएका छन् ।

तर आफ्नै मातहतमा रहेको संरचनाको हरिबिजोग हुँदा पनि संरक्षण गर्नुपर्ने मुख्य जिम्मेवार निकाय धनगढी उपमहानगरपालिकाले भने त्यसतर्फ खासै चासो देखाएको छैन । यसले संरचना बिग्रिने डर मात्रै बढेको छैन बरु करोडौँको लगानी खेर जाने जोखिम पनि बढेको छ । यसतर्फ सम्बन्धित निकाय र स्वयम् धनगढी उपमहानगरपालिकाले यथाशिघ्र ध्यान दिन जरुरी छ । अरु फोटो फिचरमा हेर्नुस:

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार