धनगढी । धनगढी उपमहानगरपालिका १३ चटकपुरस्थित राना थारु संग्राहलय जीर्ण बन्दै गएको छ ।
रानाथारु समुदायको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्धेश्यले करोडौँ लगानीमा निर्माण गरिएको संग्राहलय प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको हो ।
अहिले संग्राहलय वरिपरीको क्षेत्र घाँसे मैदानमा परिणत भएको छ । पर्खालहरु भत्किन थालेका छन् भने भवनका विभिन्न भाग चिरा पर्नुका रंग पनि खुइलिँदै गएको छ ।
भवन जीर्ण बन्दै जाँदा पनि प्रयोगमा कसैले चासो नदिएपछि करोडौँको लगानी खेर जाने पक्का देखिएको छ ।
बाँकी फोटो फिचरमा हेर्नुहोस्ः
प्रतिक्रिया दनुहोस्