सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेलधुरा अस्पतालमा डायलासिस सेवा सुरु

डडेलधुरा : सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिमको एक मात्रै अस्पताल डडेलधुरा अस्पतालमै अब मिर्गौलाका बिरामीका लागि डडेलधुरा अस्पतालबाट डायलासिस सेवा दिइने भएको हो ।

अस्पतालले सोमबार अमरगढी नगरपालिका–४ का ५४ वर्षीय मिर्गौलाको समस्या भएका बिरामी राजेन्द्रविक्रम भण्डारीको स्वास्थ्य परीक्षण गर्दै डायलासिस सेवा दिने तयारी गरेको छ ।

धनगढी सूचना

भण्डारीको स्वास्थ्य परीक्षण सफल भएको छ । अबको एक साताभित्रै सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याइने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

डडेलधुरा अस्पतालमा डायलासिस सेवा सञ्चालन हुने भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाका मिर्गौलाका बिरामीलाई धनगढी धाउनुपर्ने बाध्यताको अन्त्य हुने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार