शुक्लाफाँटाको प्रतीक चिह्न(लोगो) डिजानकर्तालाई १५ हजार पुरुस्कार दिइने !

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रतीक चिह्न (लोगो) डिजानकर्तालाई १५ हजार पुरुस्कार दिइने भएको छ।

प्रतीक चिह्न प्रतिस्पर्धात्मक विधिबाट डिजाइन गर्न प्रस्ताव माग गरिएको छ। नगरपालिकाको चिनारी झल्कने सङ्केत चिह्नसँगै नगरपालिकाको नक्सा र नेपालको राष्ट्रिय झण्डाको प्रयोग हुनुपर्ने प्रावधान राखिएको छ। प्रतीक चिह्न अधिकतम तीन सेन्टिमिटर व्यासको हुनुपर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए।

Seti Hospital

नगरपालिको मूल पहिचान झल्कने संस्कृति, रहनसहन, पर्यटकीय स्थान, प्राकृतिक सम्पदा समावेश गरी प्रतीक चिह्न तयार गर्नुपर्ने उनले बताएका हुन्। प्रतीक चिह्न कलात्मक र मापन योग्य हुनुपर्ने छ। छनोट भएको प्रतीक चिह्नको सम्पूर्ण अधिकार नगरपालिकाको हुनेछ। डिजाइनकर्ताले अन्य ठाउँमा सो प्रतीक चिह्न प्रयोग गर्न पाउने छैन।

प्रतीक चिह्नको प्रस्तावका साथ रङ्गीन र श्याश्वेत एकप्रति कागजमा गरिएको प्रिन्ट पाना, पेन ड्राइभ वा नगरपालिकाको इमेल ठेगानामा डिजाइन पेस गर्नुपर्नेछ। यसैगरी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मौलिक सिर्जना हो कसैको नक्कल गरेको हो/होइन भन्ने स्वघोषणा, डिजाइनकर्ताले प्रयोग गरेको चिह्न, रङ्ग र अक्षर प्रयोग गर्नाका कारण खुलाइएको व्याख्यात्मक विवरण पेस गर्नुपर्नेछ। प्रतीक चिह्नका लागि १५ दिनभित्र प्रस्ताव पेस गर्न नगरपालिकाले सूचना नै जारी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार