काठमाडौं : लामो समयपछि निर्देशक तुलसी घिमिरे चलचित्र निर्देशनमा फर्किएका छन् । चलचित्र दर्पणछायाँ २ पछि उनी पुन चलचित्र निर्देशनमा फर्किएका छन् । यसै क्रममा निर्देशक तुलसी घिमिरेले नयाँ चलचित्र पहाडको निर्माण घोषणा गरेका छन् । यो चलचित्रको शिर्ष भूमिकामा उनले अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतलाई अनुबन्धित गरेका छन् ।
विपिन र वर्षाले सँगै काम गरेको चलचित्र तेल भिसा यतिबेला विश्वव्यापी रुपमा प्रदर्शन भईरहेको छ । यही मेसोमा यी जोडी तुलसी घिमिरेको पहाडमा पनि अनुबन्धित भएका हुन् । वर्षा र विपिनले यस अघि ६ वटा चलचित्रमा काम गरिसकेका छन् । जात्रा, गोपी, जात्रै जात्रा, के घर के डेरा, महाजात्रा र तेल भिसामासँगै अभिनय गरेका वर्षा र विपिनको पहाड सातौं चलचित्र हुनेछ ।
यो जोडीका यस अघिका सबैजसो चलचित्र सफल भएकाले पहाडमा पनि विपिन र वर्षालाई लिएको तुलसी घिमिरेले बताएका छन् । अर्को महिनाबाट यो चलचित्रको छायाँकन सुरु गरिने भएको छ । पहाडमा अरु कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री पनि अनुबन्धित भईसकेका छन् ।
यो चलचित्रको एउटा गीत अभिनेता विपिन कार्कीको स्वरमा गत महिना रेकर्ड गरिएको छ । आफुले निर्देशन गर्ने यो २३ औं चलचित्र हुने पनि तुलसीले बताएका छन् । रँजित गजमेरको सँगीतमा चलचित्रको गीतहरु रेकर्ड भईसकेको पनि उनले बताएका छन् । यो चलचित्रको छायाँकन नेपाल र भारतमा गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्