नदि कटानले जोखिममा गोदावरी शिव मन्दिर (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । यसवर्ष आएको बाढीले जमीन कटान गरेपछि गोदावरी शिव मन्दिर जोखिममा परेको छ । नदीले गोदावरी नगरपालिका-१ स्थित गोदावरी शिव मन्दिर भएपट्टिको भूभाग कटान गरेको हो ।

जमिन कटान हुँदा मुख्य धार्मिक एवम् पर्यटकिय स्थल गोदावरी शिव मन्दिर जोखिममा परेको छ ।

उक्त मन्दिर कैलालीको अत्तरियाबाट सुदुर पहाड जाने राजमार्गको बाँयातर्फा गोदावरी नदि किनारको उच्च भागमा छ ।  उक्त मन्दिरको गर्भ गृहमा कालो शिलाको निकै नै आकर्षक १० इन्च अग्लो शिवलिंग छ। शिवलिंग वरिपरि हनुमानको मूर्ति, गणेशको मूर्ति, कार्तिकेयका मूर्तिहरू छन् । यस शिवको मन्दिरमा नेपाली हिन्दुहरूको माघे सङ्क्रान्ति पर्वमा भक्तजनहरूको निकै नै घुइँचो हुनुको साथै ठुलो मेला पनि लाग्ने गर्दछ ।

तर, केही वर्षयता निरन्तर नदिले मन्दिर भएतर्फको भूभाग कटान गर्दै आएको छ । जसका कारण मन्दिरसंगै मन्दिरमा पुग्ने दर्शनार्थीहरु जोखिममा छन् । 

लगातार नदिले जमिन कटान गरेर गोदावरी शिव मन्दिरको धार्मिक अस्तित्व नै जोखिममा पुर्याउँदा पनि स्थानीय निकाय र सम्बन्धित सरोकारवालाले भने खासै चासो दिएका छैनन् । यसतर्फ बेलैमा ध्यान दिन जरुरि छ । बाँकी फोटो फिचरमा:  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार