स्कुल बसबाट खसेर घाइते भएका कञ्चनपुरका ८ वर्षीय बालकको मृत्यु

धनगढी : कञ्चनपुरमा विद्यालय बसबाट खसेर गम्भिर घाइते भएका बालकको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको मृत्यु भएको हो। सोमबार उनी कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड ईङगलिस स्कुलको ना ३ ख ८१४६ नम्बरको बसबाट खसेर गम्भिर घाइते भएका थिए।

भारतको लखनौंस्थित ईभिए अस्पतालमा उनको मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए। सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओसारेर बस अघि बढ्दा ठक्करले कुँवर घाईते भएका थिए । मृतक बालक कृष्णपुर नगरपालिका–२ बंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका छन ।

आफन्तले चरम लापरवाही मापदण्ड विपरित विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार