सेती अस्पतालमा उडुस आतंक , उडुस मार्दैमा बित्छ बिरामी कुरुवाको रात

धनगढी : डडेल्धुराको परशुराम नगरपालिका–१० पौछ्याडीका गौरीलाल बोहरा सेती अस्पताल आएका बुधवार तीन दिन भयो। सेती अस्पतालको सघन उपचार कक्ष (आइसीयू )‘बि’मा बिरामी उनका छोरा छन्। तीन दिनदेखि उनी सघन उपचार कक्षको कुरुवा घरमा बस्दै आएका छन्।

तर, रातिको समयमा फोहरका कारण शरीर चिलाउने र उडुस रोग किराले खान थालेपछि बोहरा हैरान भएका छन्। उनले भने, ‘तीन दिनदेखि अस्पतालमा छु। कुरुवा घरमा समस्या छ। बिरामीलाई पनि समस्या छ। अस्पतालमा फोहोर छ। फोहोरले भरिएको छ। सरसफाइ गरिएको छैन।’

Seti Hospital

सेती प्रादेशिक अस्पतालमा उडुसको बिगबिगी भएको हो। अस्पतालको पुरानो भवनमा उडुस लगायतका रोग किराका कारण बिरामी र कुरुवा हैरान भएका छन्। सेती प्रादेशिक अस्पतालले सरसफाइ तथा मर्मत नगर्दा सघन उपचार कक्षमा भर्ना भएका बिरामीका कुरुवा बस्न सकिने अवस्था छैन। अस्पताल प्रशासनले पुरानो तथा जीर्ण रहेको भवनमा कुरुवा घर निर्माण गरेको भएपनि सरसफाइ तथा मर्मत गरिएको छैन। अस्पताल प्रशासन र विकास समितिले बेवास्ता गरेपछि बिरामीका कुरुवा आफैले सरसफाइ गरेका छन्। सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष बिमा बिरामी रहेका एक कुरुवाले भने, ‘म कुरुवा हो। हामी तीन दिनदेखि यही छौ। खटमलले हैरान भयो। फोहोरले चिलाउने पनि हुन्छ। एक जनाले पेन्ट ल्याउनु भयो। हामीले सरसफाइ गरेका छौ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार