सडककाे माग गर्दै कैलालीकाे सेहरीका स्थानीय आन्दोलित

धनगढी : सडककाे माग गर्दै कैलालीकाे सेहरीका स्थानीय बासिन्दा आन्दोलित भएका छन् । स्थानीय नगरपालिका र प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै उनीहरुले चार दिनदेखि वडा कार्यालयमा ताला लगाइएको हो।

सङ्घर्ष समितिले गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानालाई असोज ७ गते ज्ञापनपत्र बुझाएको थियो। वडाध्यक्ष रानाको गोदावरी नगरपालिका र प्रदेश सरकारसम्म पहुँच नभएकाले वडामा योजना नआएका उनीहरूको आरोप छ। धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको भन्दै उनीहरूले गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरेका थिए।

dashain shuvakamana
Discovery School

नगर प्रमुख वीरेन्द्र भट्टसँग छलफलसमेत गरेका थिए। तर, नगर प्रमुख भट्टसँगको छलफल निष्कर्ष विहीन भएपछि चार दिनदेखि वडा कार्यालयको काम प्रभावित भएको छ। जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि र सङ्घर्ष समितिको बिचमा बुधवार बैठक हुने भएको छ।

गोदावरी–९ का स्थानीयको कृषि उत्पादनको बिक्री, रोजगार तथा काम गर्न, औषधी–उपचारका लागि धनगढी आउनु पर्ने हुन्छ। तर, सडकमा खाल्डै खाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय गगन साउँदले बताए। उनले भने, ‘गोदावरी नगरपालिकाको बिकट वडा हो। अत्तरिया जान १८ किलोमिटर हो। धनगढी जान ६ किलोमिटर छ। स्थानीय तह बन्दा उपमहानगरपालिकामा जोड्न भनेका थियौ। आन्दोलन गरेका थियौ। तर, वडामा सुविधा आउने भनेका थिए। हाम्रो कामहरू सुनुवाइ भएका छैनन।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार