खतरा तह पार गरेको कर्णाली नदीको बहाव घट्यो !

धनगढी : खतरा तह पार गरेको कर्णाली नदीको बहाव घट्न थालेको छ । दिउँसोबाट पानीको बहाव घट्न थालेको चिसापानी जल मापन केन्द्रमा कार्यरत गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार ११.१५ मिटर जलसतह पुगेर अब घट्न थालेको हो । अहिले पनि पानीको सतह खतरा तहभन्दा माथि १०.९८ मिटर नै रहे पनि अब घट्दो क्रममा छ । “कर्णाली नदीमा पानीको बहाव चाँडै घट्छ”, उहाँले भन्नुभयो । 

Dengue

यो नदीको चिसापानी जलमापन केन्द्रमा १०.८० मिटर जलसतह खतराको तह मानिन्छ । कर्णालीको बहावले खतराको तह पार गरेपछि त्यसले प्रभाव पार्ने बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि सतर्क पारिएको थियो । 

मोहना, कान्द्रा, पथरैया, कटैनी, घुरहा, खुटिया नदीमा जलसतह सर्तकता तहभन्दा तल रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसैबिच, अविरल वर्षापछि आएको बाढीका कारण विभिन्न ठाउँमा डुबान भएको छ । बाढीका कारण जिल्लाभरी ९९ घरधुरीका ४४४ व्यक्ति प्रभावित भएका छन् । प्रभावितमध्ये ३४ परिवारका १३९ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

हावासहितको वर्षाले विभिन्न ठाउँमा रुख ढल्नुका साथै विद्युत् पोल भाँच्चिएको छ । यस्तै, कैलालीमा तीन वटा कच्ची घरमा क्षति भएको छ । नदीले पाँच बिघा जमिन कटान गरेको जनाइएको छ । वर्षाको क्रममा चोटपटक लागेर एक पुरुष र एक महिला गरी दुई जना घाइते भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार