अखिल क्रान्तिकारी केएमसीले आयोजना गरेको वकतृत्वकला प्रतियोगितमा अरुणिका जोशी प्रथम

दशरथ भट्ट

धनगढी : अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पस कमिटीको आयोजना गरेको वकतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीमा भएको वाक कला र विद्यार्थीमा भएको क्षमतालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरीएको कार्यक्रम अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष मिलन भाट म्याक्सको सभापतित्वमा र कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोयराज भट्टको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हाे।

Dengue

वकतृत्वकलामा सहभागीहरूलाई “महिला हिंसा र यसले समाजमा पार्ने प्रभाव”र”युवा र राजनीति र समाज रूपान्तरण” भन्ने दुईओटा शीर्षक दिइएको थियो। प्रतियोगितामा कैलाली बहुमुखी क्याम्पस विभिन्न संकायमा अध्ययनरत ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।

जसमा अरुणिका जोशीले प्रथम स्थान, पुष्पा बुढाले द्वितीय स्थान र त्यस्तै तृतीय स्थान भने दिब्या पन्त, प्रबिण चन्द र किरण बुचा मगरले हात पारेको अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष मिलन भाट माक्सले बताए। उक्त कक्तृत्वकलामा प्रथम हुनेलाई नगद रु ३ हजार ५ सय , द्वितीय हुनेलाई नगद २ हजार ५ सय र तृतीय हुनेलाई नगद रु १ हजार सहित विजेता सँगै अन्य सम्पुर्ण सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको भाटले जानकरी दिए।

कार्यक्रममा निर्णायकको भूमिकामा गणेशराज जोशी, डा .मान बहादुर जोरा र सिद्दराज पण्डित रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार