६ लेनपछि सुन्दर हुने पालो अब ‘मेनरोड’को (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । धनगढी भन्नै बित्तिकै धेरैलाई सुन्दर मोहना अत्तरिया ६ लेन सडकको सम्झना आउँछ । किनकी ६ लेनको सौन्दर्यता नै यस्तो छ कि धेरैलाई त्यसको सौन्दर्यताले आकर्षित गर्छ ।

तर पछिल्लो समय धनगढीको ६ लेन सडकपछि मेनरोड पनि त्यस्तै सुन्दर बन्ने लाइनमा छ ।

Dengue

अहिले धनगढी उमहानगरपालिकाले धनगढीको मनेहरादेखि चौराहसम्मको सडकखण्ड व्यवस्थितसँगै सुन्दर बनाउने कामलाई तिव्रता दिएको छ ।

हाल उक्त सडकखण्डमा बोटविरुवा रोप्ने, सडक बत्ति जडान गर्ने, सरसफाइ गर्ने, आवश्यकताअनुसार तारजाली लगाउने तथा सडक सौन्दर्यताका लागि आवश्यक पर्ने संरचना निर्माण गर्ने तथा सामाग्रीको जोहो गर्ने काम भइरहेको छ । अझ चौराहदेखि कैलाली पुलसम्मको क्षेत्रमा त बोटविरुवा रोपिनुका साथै तारजालीसमेत लगाइसकिएको छ । जसले धनगढीको सौन्दर्यतालाई झनै बढावा दिएको छ ।

त्यसो त धनगढीको मेनरोड निर्माण हुँदा धनगढी आधा समृद्ध हुने स्थानीयहरुको दाबी छ, जुन सत्य पनि हो । र त्यही दाबीलाई पूरा गर्न अहिले धनगढी उपमहानगरपालिकाले सडक सौन्दर्यताको काम तिव्र बनाएको छ । थप तस्विरमा हेर्नुहोस्ः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार