‘एयरपोर्टको पार्किङ शुल्कले दिनभरीको आधा ज्याला खोस्यो’  

भक्तराज जोशी

धनगढी । धनगढी विमानस्थललाई लक्षित गरेर यात्रु ओसारपोसार गर्ने यातायात व्यवसायी चर्को पार्किङ शुल्कका कारण तनावमा छन् । 

विगतमा पार्किङको प्रतिघण्टा अधिकतम २० रुपैयाँसम्म तिर्ने गरेको भए पनि अहिले उक्त शुल्क ह्वात्तै बढेर एक घण्टाकै ४० रुपैयाँ पुगेपछि यातायात व्यवसायी तनावमा परेका हुन् । 

Dengue

उनीहरुले विमानस्थलमा पार्किङ शुल्क एक्कासी चौगुणा बढाइँदा दैनिक ज्यालाको आधा हिस्सा नै पार्किङ शुल्कमा जाने गरेको बताएका छन । 

‘सार्वजनिक यात्रु बोकेर कमाइ नै कति हुन्छ र ? त्यही दिनमा हजार पाँच सय बच्ने हो, त्यसैबाट आधा पैसा त पार्किङमा तिर्नुपर्छ’, एक यातायात व्यवसायीले भने, ‘कमाएको आधा ज्याला पार्किङमा तिर्नुपरेपछि के जोगाउने ? के ले खर्च टार्ने ?’ 

अर्कोतर्फ धनगढी विमानस्थलबाट टूरिष्ट गाडीले पनि सार्वजनिक यात्रु बोक्न थालेपछि थप मर्का परेको यातायात व्यवसायीहरुको गुनासो छ । ‘खासमा टूरिष्ट गाडीले टुरिष्ट मात्रै बोक्नुपर्ने हो’, एक यातायात व्यवसायीले भने, ‘तर यहाँ टुरिष्ट गाडीले पनि सार्वजनिक यात्रु बोक्न थालेका छन् । यसले गर्दा पनि हामी यातायात व्यवसायी थप मर्कामा परेका छौँ ।’ 

धनगढी विमानस्थलमा पार्किङको ठेक्का पाएको कुलेमष्ट कन्स्ट्रक्सनले भदौ १ गतेदेखि लागू हुनेगरि विमानस्थल पार्किङ शुल्क चौगुणासम्मले वृद्धि गरेको छ । कन्स्ट्रक्सनले सार्वजनिक गरेको नयाँ पार्किङ्ग शुल्क अनुसार अब विमानस्थलमा सवारी पार्किङ्ग गरेबापत मोटरसाइकल, स्कुटर र रिक्साले प्रतिघण्टा २० रूपैयाँ र प्रतिदिन १२० रूपैयाँ तिर्नुपर्नेछ भने कार, जिप, टेम्पो र  लिमोजिनले प्रतिघण्टा ४० र प्रतिदिन २४० रूपैयाँ तिर्नुपर्नेछ । 

त्यस्तै हल्का सवारीसाधन, मिनी बस र  माइक्रो बसले पार्किङ्गबापत प्रतिघण्टा ६० र प्रतिदिन ३६० रूपैयाँ तिर्नुपर्ने भएको छ भने बस र ट्रकले प्रतिघण्टा ९० र दिनको ५४० रूपैयाँ तिर्नुपर्नेछ । तर, एक महिना अघिसम्म न्युनतम १० रुपैयाँदेखि २० रुपैयाँ रहेको सेवा शुल्क ह्वात्तै बढाइँदा मर्का परेको यातायात व्यवसायीहरुले गुनासो पोखेका छन् । 

धनगढी विमानस्थलमा बढेको पार्किङ शुल्कले स्थानीय मारमा, विमानस्थलका प्रवक्ताले भने यसमा हेरफेर गर्न सकिँदैन

Posted by Call24 News on Tuesday, September 3, 2024

यता कन्स्ट्रसनका प्रतिनिधिले भने विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार नै शुल्क वृद्धि गरिएको दाबी गरेको छ । यद्यपि धनगढी विमानस्थलमा बढेको पार्किङ शुल्क नियमसंगत छ वा छैन भन्नेमै विमानस्थलका कर्मचारी पनि अनविज्ञ छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार